24 Online News
२९ पुष २०७७ १३:२९

ग्रीन डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

संचालक समितिको बैठकले घोषणा गरे अनुसार हाल ५० करोड बैंकको चुक्ता पुँजी रहेको बैंकले हाल कायम चुक्ता पुँजी ४.८४५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२५५ नगद गरि कुल ५.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.