24 Online News
२९ पुष २०७७ १४:१४

नेपाल एसबिआई बैंकद्वारा लाभांश पारित

काठमाडौं । नेपाल एसबिआई बैंकले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सेयरधनीलाई चुक्ता पूँजीमा ९.४७ प्रतिशतका दरले लाभांश (६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

मंगलबार काठमाडौंमा सम्पन्न साधारणसभाले बैंकको आव २०७६/०७७ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण र नगद प्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरेको छ।

साधारणसभाले बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.को आव २०७६/७७ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.