24 Online News
१५ माघ २०७७ २१:१९

नेसनल लाइफ इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर दिने

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले १०.५३ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको बिहीबार सम्पन्न ३२औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर र त्यसमा कर प्रयोजनार्थ ०.५३ प्रतिशतले हुन आउने नगद १ करोड ६२ लाख २४ हजार ३ सय ५१ रुपैयाँ (नगद लाभांश) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त बोनस शेयरपश्चात् कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ नाघेको छ ।

कम्पनीको कोषको वार्षिक प्रतिफल दर उत्साहप्रद रूपले ११.५३ प्रतिशत पुगेको र यसबाट भविष्यमा लगानी आयमा स्थिरता ल्याउन सहयोग पुग्ने जनाएको छ । कम्पनीको कुल दाबी भुक्तानी सो आवमा २ अर्ब ६९ करोड रुपैयाँ गरिएको जानकारी कम्पनीले दिएको छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.