24 Online News
१२ फाल्गुन २०७७ १८:१४

महिला लघुवित्त वित्तीय संस्थाको आइपिओ शुक्रबार बाँडफाँड हुने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आइपिओ शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर निष्काशनकर्ता नेपाल एसविआई मर्चेन्ट बैंकिङले शुक्रबार बिहान प्राथमिक सेयर बाँडफाँड गर्ने जानकारी विज्ञप्तीमार्फत् दिएको हो । साधारण सेयरको बाँडफाड हात्तिसार स्थित नेपाल एसविआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा हुने समेत विज्ञप्तिमा जनाइएको छ ।

महिला लघुवित्तले २०७७ माघ ३० गतेबाट १ सय रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो । कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको समेत जानकारी गराएको छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.