24 Online News
१४ फाल्गुन २०७७ १२:०२

महिला लघुवित्तको आईपीओ बाँडफाँड

१४ लाख ९९ हजार १८२ को हात खाली

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । १५ लाख चालिस हजार ३५ जनाले आवेदन लिएकोमा भाग्यमानी ३७ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर पाए भने झन्डै १५ लाख आवेदकको हात खालि भएको छ भने ३ हजार ३ सय ५३ जनाको आवेदन रद्द भएको छ ।

यो आईपीओमा हालसम्मकै धेरै आवेदन परेको थियो। जसका कारण हात खालि हुने आवेदकको संख्या पनि अधिक देखियो। तर यति ठूलो संख्यामा आवेदकका हात खालि हुँदा पनि महिला लघुवित्तमा कार्यरत १५३ जना कर्मचारी ३२.६७ कित्ताका दरले सेयर पाएका छन्।

धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार महिला लघुवित्तले गत माघ ३० गतेबाट १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको सकिएको छ। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए।

सोहीअनुसार कर्मचारी छुट्याइएको ५ हजार कित्तालाई १५३ जना कर्मचारीलाई समान रुपले वितरण गर्दा एकजनाको भागमा ३२.६७ कित्ता परेको हो।यो आईपीओमा कुल १५ लाख ४० हजार ३५ आवेदकबाट २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता माग भएको थियो। जसमध्ये १५ लाख ३६ हजार ६८२ आवेदकबाट २ करोड ३६ लाख ९२ हजार ६३० कित्ता मागमात्रै सदर भएको थियो। बाँकी ३ हजार ३५३ आवेदकबाट ५४ हजार ९६० कित्ता भएको माग भने बदर भएको थियो।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.