24 Online News
१७ फाल्गुन २०७७ १४:२५

केरुङ नाका माघ २९ देखि बन्द

नाका खुलाउन सरकारले पहल नगरेको व्यापारिको गुनासो

काठमाडौं । चिनको तिब्बत क्षेत्रमा ल्होहार पर्व चलिरहेको भन्ने कारण देखाउँदै गत २९ माघदेखि बन्द केरुङ नाका खुलाउन सरकारले पहल थालेको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार ल्हासास्थित महावाणिज्य दूतावासमार्फत केरुङ नाका पुनः सञ्चालनका लागि पहल गरिएको हो ।

यसबारे हिजो आइतबार पनि चिनियाँ पक्षसँग छलफल भएको र नाका खुलाउन उनीहरू सकारात्मक देखिएको लम्सालले बताइन् । नाका बन्द भएपछि अहिले चीनबाट आयात गरिएका सामान रोकिएका छन् ।

कोरोनाका कारण करिब एक वर्ष यो नाका बन्दजस्तै थियो । आयात ठप्प हुन नदिन चीन र नेपालको समझदारीमा दैनिक पाँच वटा गाडी आउने गरे पनि दुई सातादेखि ती गाडीसमेत रोकिएका छन् । विभिन्न बहानामा चिनियाँ पक्षले पटक–पटक केरुङ नाका बन्द गर्दै आएको छ । चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार हो ।

तर, विभिन्न समयमा नाका बन्द गरेर चीनले असहयोग गरेको गुनासो व्यापारीले गर्दै आएका छन् ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.