24 Online News
१४ माघ २०७७ २२:०५

सेयर बजारबाट लगानीकर्ताहरुले बुधबार २५ अर्ब बढी कमाए

काठमाण्डौ । सेयर बजारबाट लगानीकर्ताहरुले आज बुधबार एकैदिन २५ अर्ब रुपयाँभन्दा बढी कमाएका छन्।

आज बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कुल बजार पुँजीकरणमा २५ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ।

हिजो मंगलबार नेप्सेमा दोहोरो अंकको करेक्सन आउँदा कुल बजार पुँजीकरण २४ अर्ब रुपैयाँले घटेर ३२ खर्ब ६३ अर्ब ८१ करोड रुपैयाँमा सीमित बनेकोमा आज दोहोरो अंकले बढ्दा कुल बजार पुँजीकरण ३२ खर्ब ८९ अर्ब ५ करोड रुपैयाँको उचाइमा पुगेको छ। यो हिसाबले लगानीकर्ताहरुको सम्पत्ति पनि २५ अर्ब रुपैयाँ बढीले बढेको हो।

बुधबार नेप्से परिसूचक १८।७६ अंकले बढेर २४४१.८५ को विन्दुमा उक्लिएको छ। आज ८ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.