24 Online News
२४ असार २०७७ २०:४१

भियतनाममा बन्यो सुनै–सुनको होटल

काठमाडौं । भियतनामको हनोईमा विश्वकै पहिलो ‘गोल्ड प्लेटेड’ होटेल खुलेको छ। २० करोड अमेरिकी डलर लागतमा निर्माण भएको उक्त होटेलमा कोठा, चोटाका भित्तादेखि काँटा–चम्चा र ट्वालेटको सीटसम्म हरेक चीजमा सुनको पत्र लगाइएको छ।

“डल्चे हनोई गोल्डन लेक” होटलमा तपाईंं सुनको कफीमा चिया खान पाउनुहुन्छ, सुनकै बाथ टबमा नुहाउन र सुनकै कमोडमा शौच गर्न सक्नुहुन्छ। यसका लागि प्रति रात २५० डलर खर्च गरे पुग्छ। होटेल सञ्चालक हो बिन समूहका अध्यक्ष गुयेन हु डुओन्ग आफ्नो होटेलमा सर्वसाधारणदेखि धनी पाहुनाहरु आउन भन्ने चाहन्छन्। २५ तले यो होटेलमा भित्तादेखि छतसम्म सुन पत्र लगाइएको छ। हु डुओन्गका अनुसार होटेलमा पस्किने खानामा पनि सुनौलो पदार्थ मिसाइएको हुनसक्छ।

भियतनाममा कोरोना संकटका कारण गरिएको बन्दाबन्दी खुकुलो भएसँगै होटेल सञ्चालनमा आएको हो। होटेलमा एउटा इन्फिनिटी पूल छ, त्यो पनि गोल्ड–प्लेटेड। पूलबाट पूरा शहरको दृष्य देखिन्छ। होटेल मालिकले निर्माणमा अपेक्षाभन्दा कम खर्च लागेको बताएका छन्। किनभने सुनको पत्र लगाउने उनको आफ्नै कारखाना छ। जारी कोराना महामारीबाट होटेल सञ्चालक निराश छैनन्। महामारीविरुद्धको रणनीतिमा भियतनामको निकै सराहना भइरहेको छ। डल्चे हनोई गोल्डन लेकका सञ्चालकलाई आगामी वर्ष अत्यधिक मुनाफा हुने विश्वास छ।

स्रोत :  एजेन्सी

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.