24 Online News
२९ पुष २०७७ १३:१६

ट्रम्पले लगाए वासिङ्टनमा संकटकाल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वासिङ्टनमा संकटकाल लगाएका छन् । उनले आफूविरुद्ध अमेरिकी संसदमा महाभियोग प्रस्ताव पेस गरिएलगत्तै वासिङ्टनमा जनवरी ११ देखि २४ सम्मका लागि संकटकाल लगाएका हुन्।

नवनिर्वाचित राष्ट्रपति जो बाइडनले वासिङ्टनमा २० जनवरीमा पदको शपथ लिँदैछन्। संकटकाल लागू भएसँगै अमेरिकामा भिडन्त हुने आशंका गरिन थालिएको छ। शपथ ग्रहण समारोहमा हिंसा हुने आशंका बढेकाले संकटकाल लगाउनु परेको जनाइएको छ।

ट्रम्प समर्थकबाट हिंसा हुन सक्ने भन्दै स्थानीय प्रहरी र संघीय अनुसन्धान अधिकारीले चिन्ता व्यक्त गरेका छन्। यससँगै बाइडन र उपराष्ट्रपति कमला ह्यारिसको शपथ ग्रहण प्रभावित हुने अनुमान गर्न थालिएको छ।

गत साता क्यापिटल बिल्डिङ ९अमेरिकी संसद् भवन०मा आक्रमण भएको थियो। उक्त हिंसामा पाँच जनाको मृत्यु भएको थियो। संकटकालीन अवस्थामा उचित सहयोग पुर्‍याउन सहज हुने ह्वाइट हाउसको कथन छ। जनधन र सार्वजनिक स्वास्थ्य एवं सुरक्षाका लागि यो नै उचित उपाय भएको बताइएको छ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.