24 Online News
१९ फाल्गुन २०७७ १४:१३

दक्षिण सुडानमा विमान दुर्घटना, दश जनाको मृत्यु

एजेन्सी । दक्षिण सुडानको जोङ्गलाई राज्यमा विमान दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित दश जनाको मृत्यु भएको छ ।

जोङ्गलाई राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताएका छन् । विमानमा सवार दुई पाइलटसहित दश व्यक्तिको मृत्यु भएको उनले जानकारी दिएका छन् ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.