24 Online News
६ श्रावण २०७७ २०:५७

वि पी कोइरालाका कथा

यस सताव्दीमा दुई विपरीत दर्शनहरुको प्रभाव साहित्य सिर्जनामा (विशेषतः कथा उपन्यासका क्षेत्रमा) प्रभावशाली देखा पर्दछ । माक्सको भौतिकवादी दर्शन र फ्रायडको मनोवैज्ञानिक चिन्तन । माक्र्सको द्वन्द्वात्मक भौतिकवाद प्रमुखतः जीवनका आधारभूत आवश्यकता र यथार्थप्रति केन्द्रीत रहन्छ भने फ्रायडको मनोगत मान्छे नितान्त अन्तसांगतिक तहको व्याख्या विश्लेषण गर्दछ । वस्तुतः भोगिदो जीवन नै यथार्थ हो, त्यो भौतिक पक्षबाट व्याख्या गरेपनि वा मानसिक तहबाट । यथार्थमा बाँच्नुको मर्म दुवै दर्शनले वोकेका छन् र पनि साहित्य सिर्जनामा दुईलाई ध्रुवीय कोणमा हेरिने गरिएको छ । कोइराला अन्तरङ्गको मान्छेको विम्व उतार्ने कथाकार भएकाले उनको यसतिरको नियात्रालाई मात्र यस लेखनीमा लिने प्रयत्न गरिएको छ ।

यथार्थमा व्यक्तिन नसकेको मान्छे यदाकदा उसको मनोगत अवधारणा अवचेतकै इशारामा पनि क्रियान्वीत भैदिन्छन् । मानिसको जीवनमा उसको मनोदशा सवैभन्दामहत्वपूर्ण भएर देखिन्छ । मानसिक उहापोहले नै मानिसको समग्र जीवनयात्रालाई डोर्याएको हुन्छ । अझ भनौ जीवनयात्राका क्रमहरु मानसिक उहापोहमा उद्वेलित हुन्छन् । साहित्यकार जीवनको त्यस्ता पात्रहरुलाई टिप्छ जसले जीवनयात्रामा आफूलाई ब्यक्त्याउन सकेको हुदैन । त्यसैले कोइरालाका कथा विधानमा पूर्णतः मनोवैज्ञानिक मान्छे अभिव्यक्त हुन्छ । यदाकदा पात्रको असमञ्जस्यता र यसप्रतिको स्वसंलापनले उसलाई भावातिरेक बनाइ दिन्छ । भिक्षु र कोइरालाको सिद्धहस्तता यस क्षेत्रमा भएपनि भिक्षु कोइरालाका तुलनामा सहज मनोअभिव्यक्ति र विज्ञता पृथक लाग्न पुग्छन् । भिक्षुमा क्लीष्टता पनि उपस्थित छ । तर कोइरालाको कथायात्रा एक स्वस्थ मानिसको जीवनयात्रा झै सरल र संप्रेष्य छ । हाम्रै घर आँगनबाट टिपिएका पात्रहरुको जीवनलिलाभित्रको मनोगत पक्ष कोइरालाको कथा प्रवृत्ति हो । जीवनका अवचेत/सचेतपनमा भोगिँदा र गरिँदाका अनुभवहरुले कथात्मक संरचना सूत्र पाएका छन् उनमा । कथालाई आधुनिकताको प्रवेश गराउने समयमै देखिएका कोइरालाका कथामा सानो र झिनो कथा श्वरुपले नै सम्पूर्ण कथा प्रवाहशील बनाएको हुन्छ । एकांशीय पक्षको टिपोट र त्यसलाई ओल्टाइ–कोल्टाइ व्याख्या विश्लेषण गर्ने बौद्धिक शक्तिका कारण प्रयोग भएको कथा मूल्यले प्रभावोत्पादक श्वरुप पाएको छ । साथै प्राकृतिक मानिस र प्राकृतिक शैलीको तदात्म्यता पनि कायम गर्न पुग्छन् कोइरालाका कथा । अन्तर्रोगबाट पीडित मानिसको व्यथा शारिरिक व्यथाभन्दा अवश्यमेव जटील र पीडादयी हुन्छ । भौतिक संसारमा हाँसेका मानिसमा अन्तःस्करणीय पीडा पनि उत्तिकै जटील रहन सक्तछ, त्यो नदेखिएको मात्र हो । त्यसैले भौतिक मानिसको चित्र नै अपूरो सम्झिइन्छ कोइरालाका कथामा । मानिसभित्रको मानिस उसका व्यक्त÷अव्यक्त वेदनालाई कतै सामाजिक मनोविज्ञानका रुपमा त यौनमनोविज्ञानका रुपमा अभिव्यक्त गरिन्छन्, प्रायजसो सवै कथाहरुमा । ‘चन्द्र वदन’, ‘पवित्रा’, ‘मधेसतिर’ जस्ता कथाहरु यसका दृष्टान्त हुन्् । मानवीय उत्साह र उम्मेदलाई सत्कार्य वा दुस्कार्यमा धकेल्ने प्रेरक भनेको उसका सचेत/अवचेत तहमा रहेका अवयव नै हुन् । त्यसैले उनका कथाभित्र कुनैन कुनै मनोग्रन्थीको विकास भएको हुन्छ । तर हीनताभाष ग्रन्थी, जुन पारिजात र भवानी भिक्षुमा विकसित छ, कोइरालामा वज्र्य रहन्छन् । ‘पावित्रा’ अरुघर वसेकी एक मान्छे केटी १ दिन रात ऋतु र वर्षहरुको परिवर्तनसाथ नजानेरै, नवुझेरै पनि उसभित्र कता कता अञ्जान उद्वेगको विज रोपिएर हुर्किदै आएको छ । ‘मधेशतिर’ कि विधवामा पहिलो यौन समस्या र दोस्रो मात्र आर्थिक विपन्नताको पीडा पनि । यसकारण भन्न सक्छौ कि आफूसँग भएको गहना–गुरियाले तराइमा घरजम वसाल्ने, कसैकी अभिसारिका भएर साँचिएको यौवनलाई समर्पण गर्नेजस्ता अन्तरसम्वन्धित कुराहरुले आलोेपालो उसलाई मधेशतिरको यात्रामा धकेलेका छन् । के भौतिक आवश्यकताभन्दा यौन समस्या नै प्रवल छ त ? वा नभए पनि कोइराला यसलाई अतिशय महत्वदिइरहेका छन् त ? सोचनीय विषयवस्तु सावित छ । अञ्जान रुपमा नै मानिसको अन्तर्भाव क्रमशः कसैप्रति सम्मोहित रहन्छ । ‘पविता’ नत्र किन वाँच्थी  ‘सान्नानी’ को अन्तर्कथा पनि यस्तै हौइन र ।  उद्गमित मनोद्वेगले प्रष्टिन सक्छ, तर निषिद्ध रहन्छन् यस कोटिका अवचेतनीय अनुभूतिहरुमा, जसले गर्दा मानिस केवल यही दमीत सुसुप्त इच्छाको पछि पछि नव्यक्तिएर जानी नजानी दौडिएको हुन्छ । उनको कथाजीवनको पछिल्लो कथा सग्रहका सवै कथाहरु यस दिशामा उग्रगमित छन्, ‘दोषी चश्मा’ का भन्दा ।

‘राइटर वाजे’ र ‘स्वेत भैरवी’ मा अन्तरस्वभावको बृत्तिलाई सङ्ल्याउने सचेत प्रयास कथाकारले गरेका छन् । सुन्दरीजेल बन्दीगृहमा लेखिएकाले कथा शिल्पलाई सहजता प्रदान गर्न समयले पनि सघायो होला भने कथाकारको प्रौढ वौद्धिकता पनि पात्रचत्रिण र मनोविश्लेषणमा देखिएको छ । त्यसैले होला ‘स्वेत भैरवी’ का कथाहरु सुन्दर, कलात्मक अनि संप्रेष्य लाग्छन् कथाप्रेमीहरुका लागि ।

सानो कथावस्तुबाट ठूलो परिणति दिनु वी पी कोइरालाको वैशिष्ट्य हो, र असफलता उनको फलाप्तिमा पाइन्छ । यथार्थवादी मनोविश्लेषक भएकाले पनि जीवनका पराजित संघटनाक्रम र यसको बृत्तात्मकचित्र कथा बन्न पुगेका हुन भन्न सकिन्छ । जीवन के यस्तै पराजयहरुको पिरामिड हो ? ‘सान्नानी’ को मात्र प्रश्न हेइन, ‘शत्रु’, ‘स्वेतभैरवी’‘चन्द्रवदन’ र ‘पवित्रा’ पनि यसबाट अन्तरविमुख छैनन् । तर ‘सन्नानी’ को वैशिष्ट्य अवोध झुकाव र स्वाभाविक मानववृत्ति भएकाले पराजयको पिरामिडको प्रश्नलाई यसै सापेक्षबाट कथाकार कोइरालाले लिएका छन् । वस्तुत : ‘सान्नानी’ कि ‘सान्नानी’ जीवनको रहस्य होइन र ? यौन अधिनस्नस्ता बन्नुपर्ने बाध्यता पनि छैन उसमा । एउटा निर्वाध विश्वासको हृदय यसकारण कि उ निर्वोध र अञ्जान छे । वोध मा वाधा रहन्छ नै मानव वृत्तिमा । त्यसैले सान्नानीबाट समर्पित सर्वस्व कथा पात्रका लागि हार्दिक पवित्रता मात्र हो, ‘प्रयेसी भाव’ होइन । जवकि ‘मधेशतिर’ कि विधवा यौवना यसलाई पाउदी हो त उम्कन सक्ने थिइन । तर सान्नानी र उसको प्यारो वस्तु ‘म’ एक अर्कालाई आफूमा स्थापित गरेर उम्कन खोज्दैछन्। ‘पवित्रा’ पवित्र नै हो, अवेचत झुकावले उसलाई के कता उत्साह र थकावट थप्ने–झिक्ने गर्छ । तर ‘कर्णेलको घोडा’वयस्क नारी अन्तरावृत्तिको चरम प्रयोगमा छ । ‘अडोनिस र भेनस’ को कथा सम्झिदा प्रतित लाग्छ नारी स्वाभाविकताहरु अचेत–अवचेतबाट विषयन्तरित भैदिँदा रहेछन् । कोइरालाको विषय परिवेश पनि नारी अन्तरस्वाभावको द्वन्द्वात्मक मनोविश्लेषण हो । ‘सान्नानी’ मा पनि तीस वर्ष पछिको समय क्रमले थोर बहुत द्वन्द्व उत्कर्ष गरेको छ । ‘दोषी चश्मा’, ‘पवित्रा’, ‘चन्द्रवदन’,‘राइटर बाजे’ र ‘स्वेतभैरवी’ आदिमा आआफ्नै मोड र परिहलबाट उद्वेलित भएर अघिबढिरहेका छन् ।। कथाका अन्तररेसाहरु मानसिक द्वन्द्वका कारणले एक अर्कामा पृथकीकरणको लक्ष्मणरेखा कतै कोर्न पुगेता पनि सम्पूर्णतः कोइरालाको अन्तररंग अन्तस्चेतन र अन्तरबृत्ति नै मान्छेको कार्यको प्रेरणास्रोत भएर कथा जीवनलाई ओराल्ने र उराल्ने, संहाल्ने–लत्याउने प्रवाहमा अगि बढ्दछ, जसरी यस विषयमा आन्तोन चेखव प्रवृत्ति रहन्छ । ‘राइटर वाजे’ र ‘स्वेत भैरवी’ मा अन्तरस्वभावको बृत्तिलाई सङ्ल्याउने सचेत प्रयास कथाकारले गरेका छन् । सुन्दरीजेल बन्दीगृहमा लेखिएकाले कथा शिल्पलाई सहजता प्रदान गर्न समयले पनि सघायो होला भने कथाकारको प्रौढ वौद्धिकता पनि पात्रचत्रिण र मनोविश्लेषणमा देखिएको छ । त्यसैले होला ‘स्वेत भैरवी’ का कथाहरु सुन्दर, कलात्मक अनि संप्रेष्य लाग्छन् कथाप्रेमीहरुका लागि । ‘राइटर बाजे’ को मनोविश्लेषण ‘सान्नानी’ को झै अवोधबृत्ति र अवचेत समीप लाग्दैनन् । जीवनप्रति एक वयस्काले गर्ने निर्णय (भूलले वा जानेर नै) र मर्यादाको प्रश्नमा कथाभूमिकाले देखाएको विशिष्टता अतुलनीय छ । मर्यादाको सीमा छ तर प्रेम सीमाङ्कन नै हुन सक्तैन । स्वभाव र यस सम्वद्ध बृत्तिलाई सजिलै आँक्न पनि सकिदैन । स्वेरकल्पनाका तरङ्गहरुमा भविष्य पनि सम्भावित निश्चितता र निश्चिन्ततामा अगिबढ्न पुग्ला, तर वास्तविकता जीवन हो र यसलाई आफ्नै निर्णय र आजको अर्थमा हेरिनु पर्छ भन्ने कुरा राइटर बाजे वताउन सफल छन् । ‘समपिर्ता’ नारीत्वमाथि उभिएकी मूर्ती हो । जो जीवन यात्रामा अवोधकन्या, भगिनी, माता, पत्नी सवैथोक बन्दछे तर अन्त अवयवको गाढा रङ्गमा उ पत्नी हो वा पत्नी हुनसक्ने कारणबाटै माता, सेविका, भगिनी पनि बन्न सकेकी हो । अन्ततः नारीत्व माथि उभिएको समर्पणले नै गुहसत्तालाई गतिशीलता प्रदान गर्दछ । तर राइटर वाजेको अवशान पछि कथाको मोड वा अन्त्य कसरी, कहा, के गरी बढाउने भन्ने विषयमा कोइरालाको मौनताले यो सङ्केत गर्दछ कि कित कथाको विस्तार अव हुन्छ वा कथा यत्तिकैमा सकिएको वा हेर्नखोजिएको कोण नै पतिको अवशासन सम्म हो । तर यसलाई रहस्य प्रदान गरेर कोइरालाले कथा यात्रामा बढी विशष्टता र स्लीलता आर्जन गरेका छन् भन्न सकिन्छ । ‘पवित्रा’‘हारजीत’ आदिमा पनि यसैखाले प्रबृत्तिले प्रयोगलाई विस्तारित मूल्य दिएको छ । ‘एक रात’ दायित्व र व्यक्ति चित्रको सपाट प्रस्ट्याइ हो र, अन्यमा भन्दा केही बढी जाँ पल सात्र्रीय अस्तित्वको दशा उद्वेलित छ । तर निरास हुनबाट कथालाई हलुका रुपमा बचाउन सकेका छन् ।

‘स्वेत भैरवी’ कथाकार कोइरालको जीवनकालको सर्वोत्कृष्ट कृति हो । स्वेतवर्णा ग्राम्य जीवनशैलीकी सुन्दरी यौवना फगुणी र उसको स्वाभाविक यौनमनोदशालाई कथाले विश्लेषणत्मक रुपमा त्रिचण गरेको छ । प्रकृतिगत मानिस कोइरालाको आफ्नो कथाको मानिसपन भएकाले प्रकृति र सम्वद्ध प्रतीकलाई जीवनीमा ढाल्नु स्वाभाविक सम्झिइन्छ । हुनत यो अवोधगम्य ‘सान्नानी’ र चरमवोधी ‘कर्णेलको घोडा’ को वीचमा रहेको छ, तर पनि फगुणीको अन्तरउच्छाललाई सहजैसँग उतार्न खोजिएको छ, जसभित्र भोगिएको जीवन कथा र आन्तरिक उहापोह थाम्नै नसक्ने अवयव छ, जो अन्य कथाकारमा एकसाथमा पाइदैन । नौ–दश वर्षको वालकको अवोधता (पछि अद्र्धवोधता) र फगुणीको भावातिरेक तृष्णाको भेल हो ‘स्वेत भैरवी’ । र त उ ‘उन्मत्त यौनको अध्यारो भीरबाट’ खेदीरहेकी छे, वालक भागिरहेको छ । ‘कर्णेलको घोडा’ वा ‘अडोनिस र भेनस’ को कथाभन्दा पृथकमा ।

‘स्वेत भैरवी’ कथाकार कोइरालको जीवनकालको सर्वोत्कृष्ट कृति हो । स्वेतवर्णा ग्राम्य जीवनशैलीकी सुन्दरी यौवना फगुणी र उसको स्वाभाविक यौनमनोदशालाई कथाले विश्लेषणत्मक रुपमा त्रिचण गरेको छ । प्रकृतिगत मानिस कोइरालाको आफ्नो कथाको मानिसपन भएकाले प्रकृति र सम्वद्ध प्रतीकलाई जीवनीमा ढाल्नु स्वाभाविक सम्झिइन्छ ।

कोइरालाका कथामा संवेदनाको आग्रह हुदैन–जुन मनोवैज्ञानिक कथाकार भवानी भिक्षुको प्रमुख विशेषता हो । संवेदनाको भिक्षाले कथाशिल्पमा हार्दिकता प्रवेश गराउनाले वौद्धिक कार्यव्यापारलाई ढाक्ने संभावनाबाट सहजै बच्नु कथाकारको निजत्व हो, जुन कोइराला प्रवृत्तिका विजय मल्लसम्म हुर्किएको छ । फेरि अभिव्यञ्जनलाई हार्दिकता प्रदान गरेमा सदावर्तता संरक्षित हुन्छ भन्ने अभिव्यञ्जनवादीको मतलाई पनि नकार्न सकिन्न । तर कोइरालाको साहित्यिक व्यक्तित्व सँधैभरि मनोद्वेगमा केन्द्रीत छ र यसैको उत्कर्षलाई बौद्धिक मोड प्रदान गर्नु उनको शिल्पगत वैशिष्ट्य ठानिन्छ । त्यसैले ती सार्वजनीन र विश्वव्यापी पनि छन् । काल, समय, व्यक्ति चित्र र निश्चितताको तादात्मीकरण गर्ने परम्परागत शास्त्रीयता कोइरालामा पाइदैन । जव यी तत्वहरुबाट फुत्किएर विषयवस्तुले अन्तरमन, स्वाभाविकता अन्तरप्रकृति विश्लेषण गर्न थाल्दछन्, ती देशीय, विषयवस्तुबाट नितान्त अलग भै विस्तीर्णता अँगाल्न पुग्छन् । यसका लागि मानव स्वभावको सहजता मात्र स्वीकार्य छ, कोइराला यसका प्रथम प्रयोक्ता हुन् । त्यसैले विश्ववादी मानव स्वभाव उनमा हुर्किको हो भन्न सकिन्छ । तर झण्डै कथाहीन कथाको प्रयोग पनि यस विषयमा उद्वीपन तत्वलाई निर्वाह गर्ने बस्तु होइन भनी नकार्न सकिन्न । अन्तरंग र स्वभाव सवै कथापात्रका अपरिवर्तीय अवयव हुन् । त्यसैले सर्वकालीनता सर्वजनीननता कथाकार कोइरालामा सहजै भेटिन्छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.