24 Online News
९ आश्विन २०७७ २०:१०

खरानी खरानी भएको छ


मौसम परिवर्तन
बंगालको खाडीबाट मात्र होइन
अरब सागरबाट पनि
नेपालमा पानी पर्छ
पुसमा गर्मी हुन्छ
जेठमा ठण्डी लाग्छ
सामन्तले चुसेर
हाड छालामात्र
बाँकी रहेको
मेरो देश
अब
गणतन्तन्त्रले वोनम्यारो पनि
उसिनेर
पगालेर
चुसेर आगो फुक्ने ढुङ्ग्री बनाइसके
मेरो देश
नाङ्गो छ
रित्तो छ
राजा
राणा
काँग्रेसबाट विश्वास हराएपछि
कम्युनिष्टमा गएर अडिएको
अटल विश्वास
अब त
खरानी भएको छ
खरानी !
खरानी !!
भएको छ ।

थप समाचार
2 Comments
  1. dahal kalpana says

    Very nice poem

    1. Dahal kalpana says

      very nice poem

कमेन्ट गर्नुहोस

Your email address will not be published.