24 Online News
२१ कार्तिक २०७७ १४:५६

सिजो कविता


१.
पूर्णेको जुनजस्तै आँखा छेउ उजेलियौँ
खुसीले गदगद बाँच्नलाई इच्छा जाग्यो
चाहेको प्रेम प्रणय हतारिँदै कुदेछ ।

२.
राखेछु तिमीलाई दिलभित्र माया गर्दै
विश्वास दिँदा पनि शङ्का गरी हेर्छौ किन ?
आत्तिएँ सहन गाह्रो आफैदेखि टाढिए ।

३.
भिजेको परेलीमा स्पर्श गर्न मन लाग्यो
सम्झेर कामुकता लोभ लाग्दै आशा जाग्यो
नजिक पुग्न पाएमा भाग्यमानी सम्झौता ।

४.
पूर्णेको जुनजस्तै आँखा छेउ उजेलियौँ
खुसीले गदगद बाँच्नलाई इच्छा जाग्यो
चाहेको प्रेम प्रणय हतारिँदै कुदेछ ।

५.
राखेछु तिमीलाई दिलभित्र माया गर्दै
विश्वास दिँदा पनि शङ्का गरी हेर्छौ किन ?
आत्तिएँ सहन गाह्रो आफैदेखि टाढिए ।

६.
भिजेको परेलीमा स्पर्श गर्न मन लाग्यो
सम्झेर कामुकता लोभ लाग्दै आशा जाग्यो
नजिक पुग्न पाएमा भाग्यमानी सम्झौता ।

७.
ठमेल रातभर रमाइलोमा बिताइन्छ
पकेट रित्तेपछि बिहानीमा झस्किएछ
अमिल्दो मनोभावना साँच्दासाँच्दै बिर्सेछ ।

८.
नसामा डुबेको छु हिजोआज सधैँजसो
बिरानो लाग्न थाल्यो संसारिक गतिविधि
एकान्त खोज्न थालेको किनकिन तर्सिन्छ ।

९.
नसामा मस्त हुँदा अवरोध सधैँभरि
पिउँदै जाँदाजाँदै ढल्छु होला आफैसँग
विवश जीवनदेखि तर्सिएर दौडेको ।

१०.
रक्सीको नसासँगै डुबाएछु दिनहरु
इज्जत झरेपछि एक्लिएछु समाजमा
पछुतो गरेको दिन समातेर दौडेको ।

११.
एकान्त मनपर्छ खोतलेर रमाइलो
होहल्ला गुम्साएर मच्चिएको मेरो लागि
निराश जीवनलाई गोडमेल गर्दैछु ।

१२.
आउँछ आँधिबेरी नदेखिने बहानामा
मनका रहरमा नजिकिँदो लिसोसरि
स्वार्थले लत्याएपछि मर्किएको भरोसा ।

– बट्टार, नुवाकोट

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.