24 Online News
२९ कार्तिक २०७७ १०:२४

कसलाई थाहा छ !

वेद कुमारी न्याैपाने


युवा मन, युवा जाेश
आँखा भरी भरी
मन भरी भरी
अटेस मटेस सपनै सपना
दिन प्रतिदिन थपिंदै गएका
अनगिन्ती सपनाहरु
आँखामा,मनमा सपनाका पत्रै पत्र
सपनाका खातै खात !
त्यहि सपनाले जुर्मुराएकाे जाेश
त्यहि सपनाले उक्साएकाे उमंग
सबै सबै सपनाकाे खाेजीमा
उर्लेकाे देखेर
सपना देख्नेहरुकाे लाममा
एक एक गर्दै लाम लागेर
जीवन उत्षर्ग गर्न तत्पर
जाेश र उमंगमा साहस थप्दै
देशका लागि मर्न मार्न तयार
युवाहरुकाे हिम्मत र अाँटले गरेकाे
परिवर्तनकाे त्याे शंखघाेश !

सपना हाम्रो एउटै हाे भनेर
पाइलामा पाइला मिलाउँछाैं भनेर
मीठा मीठा सपना देखाउनेहरु
ठूला ठूला स्वरमा
देशकाे लागि भनेर उक्साउनेहरु
अरुलाई प्रयाेग गरेर
फाईदा लुट्नेहरु
कहिं कतै महलमा बसेर
आफ्नै सपना साकार भएकाे
खुसियाली मनाउँदै
सपनाकै दुनियाँमा
रमाइरहेका हाेलान् !

चुनाैतीहरुकाे सामना गर्दै
ज्यान हत्केलामा लिएर
बारुदकाे अगेनाेमा
हाेमिनेहरु
गाेलीका घाउ बाेक्नेहरु
मर्नु न बाँच्नुकाे दाेधारमा
कष्टकर भन्दा कष्टकर
जीवन जीउन बाध्य
अपाङ्ग र अशक्तहरु
आफ्नाे जिन्दगी
देशलाई समर्पित गर्ने
ती ज्यूँदा शहिदहरु
शरीर भरीका निलडाम छाम्दै
देशकाे भबिष्य प्रति चिन्तित
ती सपूतहरु
हराएका छन् आफ्नै देशमा
अस्तित्वहीन बनेका छन्
आफ्नै परिवेशमा !

खै कहाँ आयाे
तिनलाई लाेकतन्त्र
खै के दियाे तिनलाई
गणतन्त्रले पनि
छाति भरी पीडा
आखाभरी आसु
मरेकाे सपनालाई
सकि नसकी घिच्याउँदै
दैनिकी चलाउन
दुष्कर दुस्कर छ तिनलाई !

हरेक दिन हरेक पल
आमाकाे आखाबाट बग्ने आँसुले
भत्भती पाेल्छ तिनलाई
हरदम बादल लागेकाे
बाबाकाे अनुहारले,
दुखाउँछ,रुवाउँछ तिनलाई
सपना देखाउनेले नदेखाएकाे भए
या आफैले कुनै सपना नदेखेकाे भए
अझ,सपना देख्नेकाे हैन
देखाउनेकाे लाममा उभिएको भए
उनीहरू पनि सपनाकाे संसारमा
रमाइरहेका हुन्थे हाेलान्
या त गाेली छाति मै लागेकाे भए
एकैपटक मर्थे,शहिद भनिन्थे
हरेक पलकाे पीडाबाट मुक्त हुन्थे !

अहिले त उनीहरू
न जीवन बाँचेका छन्
न मृत्यु मरेका छन्
अधकल्चाे बाँच्नु र
अधकल्चाे मर्नुकाे पीडा
उनीहरूले बाहेक
कसले बुझेकाे छ
कसले भाेगेकाे छ ?
जीवन र मृत्यु एकैचाेटी भाेगेर
बाँच्नुकाे पीडा र बाध्यता
उनीहरूलाई बाहेक
कसलाई थाहा छ !
जीवन र मृत्यु साथ साथ
उनीहरूकाे बाहेक कसको छ ?
———

बालकाेट ,भक्तपुर
हाल, अमेरिका ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.