24 Online News
७ मंसिर २०७७ २२:१९

अर्काे महाभारत


बर्षाैं देखि चलिरहेछ यहाँ
कुर्सीकाे लागि अर्को महाभारत
याे महाभारतमा
न धर्मराज युधिष्ठिर छन्
न धर्म छ
न गुरु द्राेण छन्
न अर्जुन जस्ता शिष्य छन्
न सहि गलत सम्झाउने
भिष्म पितामह छन् !
दुर्याेधन, दुशासनहरु
गरिहेछन् मियाे विनाकाे दाईं
अवसरवादी शकुनीहरु
यता पनि ठिक्क
उता पनि ठिक्क !
सत्ताकाे पासा उल्ट्याउन
र पल्टाउन
हरदम नयाँ नयाँ
षड्यन्त्र र दाउपेच गर्दैछन्
अापसमा हातेमालाे गर्नेहरु
दाउ हान्ने र दाउ छाेप्नेहरु
ढुकिरहन्छन् माैका
अनुशासनहीन अासे पासेहरु
हरदम लागिरहन्छन् चलखेलमा
कहिले अागाेमा घिउ थप्छन्
कहिले खरानीमा
पानी खन्याउछन्
थाहा छैन कहिले राेकिन्छ
कहिले अन्त्य हुन्छ
कुर्सीकाे याे महाभारत !

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.