24 Online News
२५ पुष २०७७ १०:५८

देश !!

कलानिधि दाहाल


हुन्न
देश-दर्शनमा
हुन्न
देश-कवितामा
हुन्न
देश-कुनै उच्च साहित्यमा
हुन्न
देश-चौडा मनोलोकमा
देश त
केवल
-परम्परा हो
-अन्धविश्वास हो
-स्वार्थको सिकार हो
टाठाबाठाको
मागी खाने
द्रौपदी तपेस हो
जडहरूको
गाउने भजन हो-देश
पुजारी
सत्तामा
जालको
अविर दुकान खोलेर
बसेका छन्
जड्हरूको लाम लाग्छ
ढोकामा
अलिकति
अपुङ्गो निधारमा
टाँस्ने लोभले
जड्भक्तहरू
बद्मासीका
फूलमाला सजाएर
-दुनामा
-बोहोतामा
-टपरीमा
लामबध्द छन्
देश नामको
-मन्दिरमा
देश नामको
-चर्चमा
देश नामको
-गुम्बामा/मस्जिदमा
जलाएर
स्वार्थका आरती
पुजारी
भोट माग्दैछ
-सत्ताको
-स्वार्थको
-अहङ्कारको
-पैचाशिक मनोधारको
भक्तहरू
देवता ठानेर पूजारीलाई
शिरपेच मानेर पूजारीलाई
फूलमाला
र अविर चढाउँदैछन्
-भ्रष्टाचारको
-बेथितिको
-अन्याय अत्याचारको
-दुष्कर्म बलात्कारको
-विध्वँश हिँसाको
स्वरूप सुन्दर
अखण्ड धरा
खण्ड खण्डमा
विभाजन गर्न
पिलर टक्र्याउँदैछन्
-जनैका
आफ्नै मृत्युको
साइत तोक्न
सुम्पदैछन् सकुन
-सुपारीको
मख्ख पर्दै पुजारी सत्ताले
ग्रहण गरेपछि
लामबध्द भक्त
देशभक्तहरू
आङ् तानेर
घोषणा गर्छन् युध्दको
-शङ्खनादले
-घण्टनादले
थाहै नपाई
तिनै भक्तहरू
मृत्युका लास
सुतेका छन् हरेक सीमामा
तिनै भक्तिनीहरू
बलात्कृत हुँदै
लाशहरू
बिस्कुनझैँ
सुकेर सुतेका छन्
हरेक देशका
प्रत्येक घरघर
जङ्गल जङ्गल
र बाटा/दोबाटाहरूमा
देश न‌ै मृत्युको
चिहान बनेको छ-विश्व
मन्दिर र गुम्बाहरू
मस्जिद र चर्चहरू
बमबारुद बल्ने
ज्वलनका बिहान बनेका छन्
र पड्कदै छन्
हरेक सीमाका
-युध्दपोतबाट
-पनडुब्बीबाट
-राडारबाट
जलमा
थलमा
आकाशमा
यसरी
चिहान बल्ने
कुनै चिजको
सस्तो नाम छ भने
त्यो हो-देश
त्यो हो-धर्म

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.