24 Online News
२५ पुष २०७७ ११:०७

मेरी नातिनी

(छन्द- शिखरिणी)


रमाजस्तै रेवा हिमवदनकी निर्मल अहा ।
छ चौडा त्यो माथा घुरुमुरु कपालै घनघटा ।
थोरै खैरा आँखा चमक बिजुली भान उनको ।
मनै चोर्ने हाँसो हरबखत खित्का अझ ठुलो । १

नथाक्ने डौडेरै घरभर उधुम् पाउ कमली ।
उनी बोल्छिन् तोते पटपट नरोकी मुख पनि ।
पछ्यौरी फेरोमा बलजफत तान्दै अघिपछि ।
लुकेँ आमा खोज्नू भनिकन छुपाई मुख पनि ।२

सुनी रन्छू मैले मधुर रसिलो बाल लहरी ।
उनी रच्छिन् नौला अधिक उनकै दिव्य नगरी ।
हराएँ बिस्तारै म पनि उनकै खेल नबुझी ।
बसिन् नातीनी हुन् मनबिच दरो आशन कसी ।३

भयो गाडा हाम्रो विधिवत यता मित्रमयता ।
फुकाऊ फुक्दैन पहल कदमी ब्यर्थ अरुका ।
विधाता शाक्षी हुन् विविध रचना कर्म उनको ।
बुझेँ मायाँ बन्धन् तर पनि निको लाग्दछ मिठो ।४

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.