२५ पुष २०७७ ११:१८
आजको जीवनी
रूप यौवनका साथै प्रतिभाले सुुसज्जित
ब्वाँसो त्यो छ कन्याएर सन्चोमा भित्र पस्दछ
कोकिलकण्ठ क्वैलीझैँ मधुरभित्र चङ्ख छ
परेवाझैँ हुँदै कैले मौकामा बाज बन्दछ ।
झुक्किन्छन् पुतली देखी पहिलेका झुसिल्किरा
भूकम्पले दिदा धक्का धरा हुन्छ चिरा चिरा ।
ओरालो जल यो बग्छआगोले पोल्छ पोल्दछ
युधिष्ठिर यता हेर शकुनि बनी बोल्दछ ।
झारपात सबै छाडी हात्ती शिकार गर्दछ
पितामाता मिली आफ्नै सन्तान भीर फाल्दछ
उल्टो यो कलिको काल छैनन् कञ्चन क्वै पनि
कूट कालो लुकेको छ ऐलेका जीवको जुनी ।