24 Online News
३० आश्विन २०७७ १३:२७

अनलाइन विश्व कराते च्याम्पियनसिपमा नेपालका सुवासलाई रजत

काठमाडौं । नेपालका कराते खेलाडी सुवास घतानेले अनलाइन विश्व करातेको काता तर्फको च्याम्पियनसिपमा रजत पदक हात पारेका छन् ।

सुवासले एकल कातामा रजत जितेको नेपाल सोतोकान कराते संघका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले बताए। त्यही स्पर्धामा पोर्चुगलका खेलाडीले स्वर्ण तथा इटालीका खेलाडीले कास्य जिते। एपीएफका सुवासले त्यसअघि सम्पन्न नेपाल ओपन अनलाइन काता च्याम्पियनसिपमा स्वर्ण जितेका थिए। उनले रविन्द्र मानन्धरलाई पछि पार्दै स्वर्ण हात पारेका हुन्।

सोतोकान करातेका सुवासले सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण तथा आठौं राष्ट्रिय खेलकुदमा रजत जितेका थिए। करातेमा काता र कुमुते गरि दुई विधा हुन्छन्। उनले दुवै राष्ट्रिय खेलकुदमा कुमुते विधामा प्रतिस्पर्धा गरेका थिए। सातौंमा ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका सुवासले आठौंमा ६७ केजीमा खेलेका थिए।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.