24 Online News
३ कार्तिक २०७७ ०७:३४

सुपर ओभरमा मुम्बई विरुद्द पञ्जावको रोमाञ्चक जीत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को आइतबार राति सम्पन्न भएको खेलमा पञ्जाबले सुपर ओभरमा मुम्बईलाई हराएको छ।

सुपर ओभमा ११ रनको लक्ष्य पाएको पञ्जाबले चार बलमा १५ रन प्रहार गर्दै खेल जितेको हो। सुपर ओभरमा जवाफी ब्याटिङ गरेको पञ्जाबका क्रिस गेलले एक छक्कासहित ७ रन लगाए भने मयंक अग्रावालले दुई चौका हाने।

त्यसअघि दुबई रंगशालामा टस जितेर ब्याटिङ राजेको मुम्बईले ६ विकेटको क्षतिमा पूरा ओभर खेल्दै १७६ रन बनायो। १७७ रनको लक्ष्यका साथ मैदान आएको पञ्जाबले सम्पूर्ण ओभर खेल्दै उति नै रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको हो।

पहिलो पारीमा मुम्बईका क्विन्टन डिककले ५३ रनको पारी खेलेका थिए भने पञ्जाबका मोहम्मद शामी र हर्षदिप सिंहले समान २–२ विकेट लिए।

जवाफी ब्याटिङ गरेको पञ्जाबका केएल राहुलले सर्वाधिक ७७ रन बनाएका थिए। मुम्बईका जसप्रित बुमराहले तीन राहुल चहरले दुई विकेट लिए।

जितसहित पञ्जाब ६ अंकका साथ पुछारबाट तेस्रो स्थानमा छ भने हारका बाबजुद मुम्बई अंकतालिकाको दोस्रो स्थानमा छ।

आइतबार साँझ सम्पन्न खेलमा हैदराबाले पनि सुपर ओभरमा कलकत्तालाई जित सुम्पिएको थियो। गएरातिको सुपर ओभर जारी सिजनको चौथो सुपर ओभर हो।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.