24 Online News
६ मंसिर २०७७ ०८:१७

जोकोविच एटीपी टेनिसको सेमीफाइनलमा

काठमाडौं । टेनिस स्टार नोभाक जोकोविच एटीपी टेनिसको सेमीफाइनलमा प्रवेश गरेका छन्।

विश्व नम्बर वान जोकोविचले जर्मनका अलेक्जेन्डर जेरेभलाई २–० को सोझो सेटमा हराउँदै सेमीफाइनल प्रवेश गरेका हुन्। गत राती ०२ एरिना, लन्डनमा सम्पन्न खेलमा जोकोविचले ६–३, ७–६ ९७–४०को जित निकाले।

जितसँगै जोकोविचको ६ उपाधि जित्ने सपना कायम छ। उनले उपाधि जित्न सके एटीपीएको एक रेकर्डसँग बराबरी गर्नेछन्। तर पछिल्लो खेलको दोस्रो सेटमा बराबरी खेल्दै चरण पार गरेकाले उनलाई अघि बढ्न सकस हुने देखाउँछ। अब उनले अन्तिम चारमा डोमिनिक थिमसँग प्रतिस्पर्धा गर्नेछन्। थिम यूएस ओपनको उपाधि विजेतासमेत हुन्।

‘गौरव महशुस गरिरहेको छु। पहिलो सेटमा केही ब्रेक पोइन्ट थियो र मैले केही राम्रो प्रदर्शन गर्न सकेँ,’ उनले खेलपछि भने।

उनले त्यसअघिको खेलमा भने चौथो बरियताका रसियन खेलाडी डानियल मेड्वेदेवलाई ६–३, ६–३ को सेटमा हराएका थिए।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.