24 Online News
६ मंसिर २०७७ ०८:२८

एम्बाप्पेको २ गोल जोगाउन नसक्दा पीएसजीको हार

काठमाडौं । फ्रेन्च लिग वान फुटबलअन्तर्गत गत राती सम्पन्नखेलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई मोनाकोले ३-२ ले पराजीत गरेको छ । शुक्रबार राति घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा पिएसजीले दुई गोलको अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।

पीएसजीका लागि केलियन एम्बाप्पेले दुई गोल गरे । मोनाकोको महत्वपूर्ण जितमा केभिन भोलान्डले दुई गोल गर्न सफल भए । मोनाकोविरुद्ध पराजित भए पनि शीर्ष स्थानमा रहेको पिएसजीले ११ खेलमा २४ अंक जोडेको छ । दोस्रो स्थानमा पुगेको मोनाकोको २० अंक छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.