एसी मिलान कोपा इटालियाको क्वार्टरफाइनलमा
काठमाडौं । मंगलबार राति सम्पन्न कोपा इटालियाको एसी मिलान र टोरिनोको खेलमा निर्धारित समयसम्म पनि गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको छ।
निर्धारित ९० मिनेटसम्म दुवै टिमबाट गोल नभएपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो। तर, अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि टाइब्रेकरमा पुगेको खेलमा मिलानले ५–४ गोलको जित निकाल्यो। जितसँगै मिलान कोपा इटालियाको क्वार्टरफाइनलमा पुगेको छ।
निर्धारित खेलमा पराजय भोगेको टोरिनो भने प्रतियोगिताबाटै बाहिरिएको छ।
कोपा इटालियाअन्तर्गत आज राती हुने खेलमा फियोरेन्टिनाले इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ।