बार्सिलोनाले रायो वाल्लेक्यानोलाई हरायो
काठमाडौं । कोपा डेल रे अन्तर्गत बुधबार राति सम्पन्न खेलमा कप्तान लियोनेल मेस्सीले गरेको महत्वपूर्ण गोलका कारण बार्सिलोनाले वाल्लेक्यानोलाई २–१ गोलले हराएको छ ।
एक गोलले पछि परेको अवस्थामा कप्तान लियोनेल मेस्सीले गोल गरेपछि बराबरीमा आएको बार्सिलोनाले रायो वाल्लेक्यानोलाई पराजित गरेको छ। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपछि सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६३ औं मिनेटमा वाल्लेक्यानोका फ्रन गर्सियाले गोल गर्दै बार्सिलोनाविरुद्ध एक गोलको अग्रता बनाएका थिए।
तर त्यसको ६ मिनेट नबित्दै मेस्सीले पुनरागमन गोल गरेर खेललाई बराबरीमा ल्याए। त्यसपछि खेलको ८० औं मिनेटमा जोडी अल्वाले दिएको पासलाई सदुपयोग गर्दै फ्रांकी डि जोङले गोल गरेर बार्सिलोनालाई जित दिलाए। नकआउट खेल अन्तर्गत अन्तिम १६ को जित निकाल्दै बार्सिलोना अन्तिम ८ मा प्रवेश गरेको छ।