24 Online News
१५ माघ २०७७ २१:५८

सावित्राको ह्याट्रिकमा एपीएफ विजयी

काठमाडौं । सावित्राले जारी लिगमा तेस्रो ह्याट्रिक पूरा गर्दा बिहीबार एपीएफले जित निकालेको छ भने अर्को खेलमा वालिङ नगरपालिका स्याङ्जाले चौदण्डीगढीमाथि फराकिलो जित निकालेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा एपीएफलाई जित दिलाउन सावित्रा एक्लैले तीन गोल गरेकी हुन् । पुलिसमाथि शुरुआतबाट नै दबाब सिर्जना गरेको एपीएफका लागि सावित्राले ३२औँ, ५६औँ र ८५औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । यससँगै सावित्राको जारी प्रतियोगितामा तेस्रो ह्याट्रिक भएको छ । लगातार चार खेलमा स्पष्ट जित निकालेको एपीएफको अंक तालिकामा १२ अंक पुगेको छ ।

एपीएफ तालिकाको शीर्ष स्थानमा यथावत् रहँदा जारी लिगमा पहिलो हार भोगेको पुलिसको समान ४ खेलबाट ५ अंक भएको छ । पुलिसले दुई खेलमा बराबरी खेल्दा एक खेलमा सुखद नतिजा निकालेको छ ।

यस्तै, आजको पहिलो खेलमा वालिङले चौदण्डीगढीमाथि १०–० को जित निकाल्दा दिनको दोस्रो खेलमा एपीएफले नेपाल पुलिस क्लबमाथि ३–० को जित निकालेको हो । जारी लिगमा पहिलो जित निकालेको वालिङलाई फराकिलो जित दिलाउनका लागि विदेशी खेलाडी मिथो रुथले दोहोरो ह्याट्रिक गर्दा सम्झना शर्माले दुई तथा मनमाया दमाईं र टौटा ओरेनेला नोइलीले समान एकरएक गोल गरे ।

पहिलो जित निकालेको वालिङको अंक तालिकामा ५ अंक बनाएको छ । पराजित चौदण्डीगढीको जारी लिगमा यो तेस्रो हार हो । चौदण्डीगढीको तालिकामा अंकविहीन छ । प्रतियोगितामा शुक्रबार एक खेल हुनेछ । दिनको २ बजे हुने खेलमा विभागीयट टोली त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिका रौतहटबीच प्रतिस्पर्धा हुनेछ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.