24 Online News
१२ फाल्गुन २०७७ ०८:१८

बायर्नले ४–१ गोल अन्तरमा हरायो लाजियोलाई

काठमाडौं । साविक विजेता बायर्नले इटालियन क्लब लाजियोलाई परास्त गर्ने क्रममा ४–१ गोलको जित निकालेको छ । सो क्रममा बार्यनका जमल मुसिया च्यापियन्स लिगमा गोल गर्ने सबैभन्दा कान्छा इंग्लिस खेलाडी बनेका छन्।

बायर्नले उक्त सानदार जित निकाल्ने क्रममा मुसियाले दोस्रो गोल गर्दै आफूलाई च्याम्पियन्स लिगमा स्थापित गरे। त्यसअघि नै (खेलको नवौं मिनेटमा) बायर्नका रोबर्ट लेवान्डोस्कीले गोल गर्दै अग्रता बनाइसकेका थिए।

सो अग्रतालाई अघि बढाउने क्रममा लेरोय सानेले खेलको ४२ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमै बायर्नले ३–० गोलअन्तर बनाएको थियो।

दोस्रो हाफमा पनि बायर्नले कोसेली पायो। लाजियोका फ्रान्सेस्को एसेर्बीले खेलको ४७ औं मिनेटमा आत्मघाती गोल गरेपछि बायर्नको अग्रता ४–० भयो।

तर, ४९ औं मिनेटमा लाजियोका जोक्विन कोरियले सात्वना गोल गरेपछि गोल गर्ने क्रम समाप्त भयो। त्यसपछि दुवै क्लबले सुट गोलमा परिणत हुन नसेपछि खेल ४–१ गोलअन्तरले बायर्नले जित्यो।

यो जितसँगै बायर्न च्याम्पियन्स लिगका १८ खेलमा लगातार अपराजित छ। च्याम्पियन्स लिगमा यो चौथो लामो यात्रा हो। जहाँ म्यानचेस्टर युनाइटेड २००९ मा २५ खेल अपराजित थियो। त्यस्तै लेवान्डोस्कीले च्याम्पियन्स लिगका ९२ खेलमा ७२ गोल गरेका छन्। यससँगै उनी सर्वाधिक गोलकर्ताको तालिकामा तेस्रो स्थानमा छन्।

१३४ गोल गरेका क्रिस्टियानो रोनाल्डो शीर्षस्थानमा छन् भने ११९ गोल गरेका मेस्सी दोस्रो स्थानमा छन्।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.