24 Online News
७ श्रावण २०७७ ०९:१०

कर्साङ लामा र प्रश्ना लामाको ’जुनी जुनी’ बजारमा

काठमाण्डौ । गायक एंव संगीतकार कर्साङ लामा र गायिका प्रश्ना लामाको आवाजमा रहेको ’जुनी जुनी’ बोलको गीत बजारमा आएको छ । मंगलबार अनलाइन प्रेस मिट मार्फत सो गीत रिलिज गरिएको हो ।

गीतमा कृष्ण राउतको शब्द रहेको छ भने गायक एंव संगीतकार कर्साङ लामाको संगीत, र प्रश्ना लामाले स्वरमा साथ दिएकी छिन् ।
गंगा राम राइले छायांकन गरेको उक्त भिडियोलाई मोडल एंव निर्देशक हेरुका लामाले निर्देशन र कोरियोग्राफी गरेका हुन् भने अमिर दोङ्ले सम्पादन, बिक्रम गौतमले मेकअप र राजु दोङले कलर गरेका हुन् ।

भिडियो सार्वजानिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा द्धन्द्ध निर्देशक योगेन्द्र श्रेष्ठलाई निम्त्याइएको थियो भने लक्षु प्रकाश मल्ल, अमिर दोङ, बाबु जिम्बा, टेकेन्द्र कार्की, कमल फुयाँल, हेरुका लामा, प्रश्ना लामा, जेम्स तामाङ, बिक्रम पौडेल, आकाश तामाङ, विवेक लोप्चन, बल बहादुर खालिङ लगायतको उपस्थिती थियो ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.