24 Online News
८ आश्विन २०७७ १४:१९

दिपक कँडेलको ‘बाटो हेरी नरोउ आमा’ सार्वजनिक

काठमाडौं । विभिन्न वाध्यताले विदेशीएका युवावर्गको पीडालाई गहकिलो ढंगले प्रस्तुत गरिएको गीत बाटो हेरी नरोउ आमाको भिडियो सार्वजनिक भएको छ । भिडियो दिपिका म्युजिकको अफिशियल च्यानलबाट सार्वजनिक भएको हो ।

उक्त गीतलाई गायक बद्री पंगेनीले स्वर दिएका छन् भने क्रान्ति के.सी.ले निर्देशन र सम्पादन गरेका हुन् । त्यस्तै गीतको सहनिर्देशन निराजन के.सी.ले गरेका छन् ।

कोरोना कहरका कारण स्वदेश फर्कन नसकेका कामदारको मर्मस्पर्शी भाव प्रस्तुत गरिएको गीतमा आमा र सन्तान बीचको गहिरो र आत्मिय सम्बन्ध र आफ्नो गाउँ, घरको सम्झनाले न्यास्रो लाग्ने तथ्यलाई भावुक ढंगबाट दृश्यांकन गरिएको छ ।

गीतमा पछिल्लो समय उत्कृष्ट सृजना पस्कँदै आएका दिपक कँडेलको शब्द, गणेश अधिकारीको संगीत, अजय रेग्मीको छायांकन रहेको भिडियोमा बद्री पंगेनीलाई अभिनयमा सुलोचना भडेल, मनिषा लोकन्द्री आदिले साथ दिएका छन् ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.