24 Online News
११ आश्विन २०७७ १६:१९

प्रवासबाटै ज्योतीले ल्याइन् ‘यो कस्तो माया’

काठमाडौं । बेलायत कर्मथलो बनाएकी स्याङ्जाकी ज्योती गुरुङले ‘यो कस्तो माया’ गीत नेपाली बजारमा ल्याएकी छिन् ।

आफू प्रवासमै भए पनि मातृभूमि देश नेपाल र मौलिक गीत संगीतको मोहले तानेपछि यस ‘यो कस्तो माया’ नाम गरेको हरेक मायाप्रेममा गाँसीने जोडीका यथार्थ विषयलाई चित्रण गरेर गीत बजारमा ल्याएको रचनाकार गुरुङले बताइन् । उनका कलमी हातले कोरेका प्रेम प्रसंगका शब्दको गीतमा चर्चित गायिका मेलिना राईले समधुर आवाजमा स्वर दिएकी छन् ।

त्यस्तै, उक्त गीतमा गायक एवं संगीतकार अर्जुन सुनामले संगीत भरेका छन् भने बिबी अनुरागको संगीत संयोजन रहेको छ । प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गीतलाई श्यामस्वेत रसाइलिले मिक्सिङ गरेका हुन् । गीतको मर्म र शब्दको भाव अनुसार नै कडा मिहेनतले गीतमा संगीत भरेको संगीतकार अर्जुन सुनामले जानकारी दिए ।

जेजी क्रियशनको युट्यूब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । युकेकै विभिन्न रमणिय स्थानमा उक्त भिडियो छायांकन गरिएको गीतकार गुरुङले जमनकारी दिइन् । प्रायः नेपाली गीत संगीतको भिडियो विदेशमा छायांकन भएर बजारमा आएको कमै मात्रामा पाइन्छ ।

यस गीत र भिडियोले नेपाली गीत र म्युजिक भिडियो विदेशमा पनि छायांकन हुँदो रहेछ भन्ने सांगीतिक क्षेत्रमा उदाहरण कायम गरेको छ । कुशल श्रेष्ठले उक्त भिडियो निर्माण गरेका छन् । उनले निर्देशन, छायांकन र सम्पादन समेत एक्लै गरेका हुन् । त्यस्तै, धुर्व निरौला, निरु कोइराला, आस्था जोशी र बाल कलाकार स्वस्था जोशी बटाजुको त्यस भिडियोमा अभिनय रहेको छ ।

यस गीत रेकर्डिङदेखि भिडियो निर्माणसम्म नेपालबाट गीतकार तथा राष्ट्रि लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीले महत्वपूर्ण भूमिका निभाएर सहयोग गरेको गीतकी रचानाकार ज्योती गुरुङले बताइन् । उनले सुरुमै नेपालबाट आफूलाई युके जानमा पनि अध्यक्ष बिजीको महत्वपूर्ण साथ एवं भूमिका रहेकोसमेत जानकारी दिइन् ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.