24 Online News
३० आश्विन २०७७ १६:२२

सुनिल श्रेष्ठको ‘ब्युटिफूल तिमि…’मा फरिता

काठमाडौं । पछिल्लो समय म्युजिक भिडियो निर्माणमा तिब्रता आएको छ । यसै सिलसिलामा ‘ब्युटिफूल तिमि…’ शीर्षक गीतको भिडियो गायक स्वयंको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । मोडलिङ्गको दुनियाँमा आफ्नो छुट्टै पहिचान स्थापित गराउँने दौडमा सकृय मोडल फरिता खड्का र मानव थिंग अभिनित भिडियोका निर्देशक अदिप श्रेष्ठ हुन् ।
शब्द, संगीत, स्वर सुनिल श्रेष्ठको रहेको भिडियोका छायाँकार महेश महरा, सम्पादन नविन श्रेष्ठ हुन् । बिगतका आफ्ना सिर्जनाहरुलाई जस्तै यो पछिल्लो सिर्जना पनि श्रोता, दर्शकहरुले मनपराई दिनु हुने कुरामा रचनाकार सुनिल श्रेष्ठ विश्वस्त छन् ।
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.