24 Online News
१४ माघ २०७७ ११:३२

वर्षा सिवाकोटीले छाडिन् ‘सुदुर’

काठमाडौं । नायिका वर्षा सिवाकोटीले साइन गरिसकेको चलचित्र ‘सुदुर’ छाड्ने निर्णय गरेकी छिन् । उनले करिब डेढ बर्ष अगाडि यो चलचित्र साइन गरेकोमा अहिले उक्त चलचित्र छाड्ने निर्णय गरेकी हुन् । उनले चलचित्र साइन गरिसकेपछि छाडेको यो पहिलो पटक भने होइन ।

नायिका सिवाकोटीले यस अगाडि चलचित्र ‘रानीमहल, गोपी, मेरो पैसा खोई’मा काम गर्ने पक्का गरेर पछि छाडेकी थिइन् कारण पनि उनी चलचित्र छाड्ने कुरामा अगाडि छिन् । वर्षाले छाडेका यी तिन चलचित्रमध्ये ‘गोपी र मेरो पैसा खोई’ बक्स अफिसमा सुपर फ्लप भएका थिए । ‘रानीमहल’ नामक चलचित्रको भने छायांकन नै पूर्ण भएको छैन ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.