24 Online News
१४ फाल्गुन २०७७ १२:४९

पल शाहका चलचित्र प्रदेश १ मा चलाउन नदिने चेतावनी

काठमाडौं । कुटपीटको घटनामा प्रत्यक्ष संलग्न रहेको भन्दै चलचित्र निर्देशक तथा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले अभिनेता पल शाहका चलचित्र प्रदेश नं १ मा चलाउन नदिने चेतावनी दिएका छन् ।

उनले काठमाडौंका चलचित्रसम्बन्धी संघसंस्थालाई शुक्रबार बोधार्थ लेख्दै पलले माफी माग्न इन्कार गरेमा कुटपिट मुद्दामा कानुनी प्रक्रिया अगाडि बढाउने तथा उनका चलचित्र प्रदेशमा नचलाउने जानकारी गराएका हुन् । बिहीबार साँझ प्रधानले अभिनेता शाहको निर्देशनमा उनका सहयोगी कृष्ण जोशीले आफूमाथि दुव्र्यवहार गरेको भन्दै धरानस्थित प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रधानले यही मुद्दामा पल शाहले माफी माग्नुपर्ने जनाएका हुन् । अरुण प्रधानले आफूले महासंघको आयोजनामा हुन लागेको अन्तक्र्रियामा सहभागी हुन अनुरोध गर्दा पल र उनका सहयोगीले दुव्र्यवहार गरेको शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । प्रधानले पल शाहकै निर्देशनमा यस्तो घटना भएको दाबी पनि गरेका छन् । उनले मोबाइलमा तस्बिर खिच्ने विषयपछि विवाद बढ्दै गएको उल्लेख गरेका छन् । अरुणकुमार प्रधानले जारी गरेको विज्ञप्तिको संक्षेपीकरण :

धरानकै स्थानिय युवा बोलाएर धरानमा नै आएर यसप्रकारले दादागिरी सैलिमा भएको यस दुर्ववहार को हामी सम्पुर्ण चलचित्रकर्मी महासंघ प्रदेश १ परिवार घोर भत्सर्ना गर्छौ । यदि त्यहा मैले आफ्नो संयमता लाई काबुमा नराखेको भए र ती आएका धरानका युवा साथिहरु ले पनि कुरा नबुझी आक्रमण शैलिमा भएको भए त्यहा ठूलो दुर्घटना हुने थियो । धराने धराने युवा विचमा नै लडाउने कुटिल चाल बोकेका यस्ता नायक पल शाह को यो कदमको हामी घोर बत्सर्ना गर्दछौ । २०७७ फाल्गुन १२ गते राती ९स्३० बजे भएको यो घटनाको बारेमा मैले कतै पनि चर्चा परिचर्चा गरिन । थाह पाउने मेरा शुभचिन्तक र साथिहरुले १३ गते छयांकन स्थलमा नै गएर फेरि कुरा गर्न जौ त्यही गएर जे जे गर्ने गरौला पनि भन्नू भयो । मैले नै धरानमा छयाकन गर्न आएको टोलि लाई त्यसो गर्न हुन्न , यस्तो गर्यौ भने नकारात्मक संदेश जान्छ बरु प्रहरी मा उजुरी गरौ भनेर मैले १३ गते दिनको २स्३० बजे तिर इलाका प्रहरी कार्यलय धरानमा उजुरी दिएको छु । ई प्र का धरान बाट १३ गते नै पल शाह सहित उनको असिस्टेन्ट लाई झिकाउने कुरा भएको थियो तर मैले १४ गते सम्म गितको छयाकन हुँदै छ यो छयाकन सकेर मात्र झिकाउ भन्ने आग्रह गरे अनुसार नै १४ गते दिनको २स्३० बजे ईलाका प्रहरी कार्यलय धरानले उपस्तिथि हुन भनेर छयांकन टोलिका निर्माण नियन्त्रक ज्यु लाई जानकारी दिई सकेको छ । यसरी पल शहा को निर्देशनमा उनको असिस्टेन्ट कृष्ण ले गरेको कार्यप्रती चलचित्रकर्मी महासंघ प्रदेश १ परिवार घोर विरोध गर्दछ । पल शहा र उनको असिस्टेन्ट कृष्ण प्रसाद जोशी ले इलाका प्रहरी कार्यलयमा लिखित रुपमा माफी माग्नु पर्ने छ । यदि उनिहरु ले अटेर गरेमा कानुनी प्रक्रियामा अघि बढने जानकारी पनि गराउद छौ । प्रदेश नं १ मा पल शाह द्वारा अभिनित सम्पुर्ण चलचित्रहरुलाई प्रदर्शन मा पुर्ण रुपमा रोक लगाउने छौ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.