24 Online News
२४ असार २०७७ १९:३२

इन्टाग्रामले टिकटक बिर्साउने फिचर ल्याउँदै

काठमाडौं । इन्टाग्रामले पनि टिकटकको जस्तै फिचर ल्याउने भएको छ । भारतमा केही दिनयता ‘टिकटक’ बन्द गरिएसँगै अमेरिकाले पनि टिकटक बन्द गर्ने तयारी थालेको छ । छोटो भिडियोहरु बनाएर पोस्ट गर्न मिल्ने चिनियाँ एप्लिकेसन टिकटक बन्द भएसँगै त्यहाँका टिकटक ‘स्टार’ हरु अहिले दुःखी छन्।

नेपालमा पनि पछिल्लो समय टिकटकको प्रयोग तीव्ररुपमा बढिरहेको छ। खासगरी कोरोना भाइरसको महामारीपछि नेपाल टिकटकको प्रयोग गुणात्मक रुपमा वृद्धि भइरहेको छ। टिकटक कतिपयका लागि ‘ग्ल्यामर्स’ क्षेत्रमा प्रवेशको माध्यम नै बनिदिएको छ भने कतिपयलाई समय व्यतित गर्ने मेलो बनेको समयमा भारतमा टिकटककै झल्को दिनेगरी फेसबुकको ‘सिस्टर’ एप इन्स्टाग्रामले नयाँ फिचर ‘रिल्स’ लन्च गर्न लागेको छ।

गत वर्षको नोभेम्बरमा इन्स्टाग्रामले यसको रिल्सको ‘ट्रायल लन्च’ गरेको थियो। भारतमा टिकटक बन्द भएलगत्तै इन्स्टाग्रामले यो फिचर भारतमा लन्च गर्न खोजेको हो। बिजनेस सनराइडरको एक रिपोर्टका अनुसार इन्स्टाग्रामले यो फिचर भारतका केही प्रयोगकर्ताका लागि उपलब्ध गराइसकेको छ।

यद्यपि इन्स्टाग्रामले भारतमा यसको प्रयोग गर्न लागिएको कुरालाई आधिकारिक रुपमा पुष्टि गरेको छैन।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.