24 Online News
२१ आश्विन २०७७ १०:१६

भित्रियो फेसबुक नेपालमा , वर्ल्डलिंकसँग सहकार्यको घोषणा

काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुकको नेपालमा पनि आधिकारिक रुपमा प्रवेश हुने भएको छ । यसको आधिकारिक घोषणा बिहीबार हुँदैछ । लकडाउनअघिदेखि नै फेसबुक एक परियोजनामार्फत नेपाल भित्रिए पनि त्यसको आधिकारिक घोषणा भने भर्खरै हुन लागेको छ । फेसबुकले नेपालको अग्रणी इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिंकसँग सहकार्य गर्न लागेको हो । वर्ल्डलिंकले फेसबुकसँगको आधिकारिक सहकार्यको घोषणा बिहीबार एक कार्यक्रममार्फत गर्दैछ । बिहीबार दिउँसो २ बजे भर्चुअल कार्यक्रम आयोजना गरिएको छ, जसमा फेसबुकका आधिकारिक प्रतिनिधिहरु समेत सहभागी हुने वर्ल्डलिंक कम्युनिकेसन लिमीटेडका डाइरेक्टर लक्ष्मण यादवले जानकारी दिएका छन् ।

फेसबुकले विश्वरभरका विकासोन्मुख देशमा इन्टरनेट पहुँच पुर्याउन एक्सप्रेस वाईफाई परियोजना हालैदेखि सुरु गरेको छ । यही परियोजना नेपालमा समेत सुरु भएको हो । यो परियोजनामार्फत वर्ल्डलिंकसँगको सहकार्यमा सार्वजनिक स्थानमा निःशुल्क वाइफाइका हटस्पटहरुको व्यापक बिस्तार गर्न लागिएको हो । हाल वर्ल्डलिंकले देशभर १० हजार वाइफाई हटस्पटहरु संचालन गरिरहेको छ ।

वर्ल्डलिंकका सबै हटस्पटमा फेसबुकले तयार पारेको सफ्टवेयर प्रयोग गर्न दिने गरी सहकार्य भइरहेको डाइरेक्टर यादवले बताए। यो सफ्टवेयरका कारण नेपालमा संचालनमा रहेको निःशुल्क वाईफाई हटस्पट इन्टरनेटको गुणस्तर बढाउन मद्धत पुग्ने विश्वास गरिएको छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.