24 Online News
२९ पुष २०७७ १३:०५

बागलुङमा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

काठमाडौं। बागलुङको बोक्सेगैह्रा भन्ने स्थानमा अनियन्त्रित भएर एक ट्रयाक्टर सडकदेखि खस्दा चालकको मृत्यु भएको छ । ध १ त ४७१२ नम्बरको खाली ट्रयाक्टर मङ्गलबार राति १० बजे मध्यपहाडी लोकमार्गअन्तरगत बागलुङ नगरपालिका–३ बोक्सेगैह्रामा सडकदेखि १५० मिटर तल खसेको थियो ।

सो घटनामा म्याग्दीको धौलागिरि गाउँपालिका–७ मुना घर भएका २९ वर्षीय चालक केशबहादुर पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले बताए। घटनामा सहचालक सकुशल भेटिएका थिए ।

यस्तै मङ्गलबार नै ढोरपाटन नगरपालिका–९ को नवचेतना प्राविकी शिक्षक मृत फेला परेकी छन् । स्थानीय भुजीखोलामा विद्यालय पोशाकमै उनको शव भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । उनको झोला, मोवाइल लगायत सामान खोला छेउमै भेटिएका थिए । नहरका छेउबाट हिंड्दा लडेको जस्तो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.