24 Online News
२ श्रावण २०७७ ०९:५१

नुवाकोट क्याम्पसबाट पूर्व अध्यक्ष बसन्तलालका छोराले लुटे छाप लगाएको लेटरप्याड

नुवाकोट । नुवाकोट आदर्श बहुमुखी क्याम्पस नुवाकोटबाट जबर्जस्ती क्याम्पसको छाप लगाएको लेटरप्याड लुटिएको छ ।

क्याम्पस संचालक समितिका पूर्व अध्यक्ष समेत रहीसकेका वसन्तलाल श्रेष्ठका छोरा नारायणलाल श्रेष्ठले क्याम्पसको नियमित काम भइरहेको समयमा विहीबार क्याम्पस हाताभित्र प्रवेश गरी कर्मचारीलाई धम्क्याएर जबर्जस्ती छाप लगाएको लेटरप्याड लुटेका हुन् । उनले क्याम्पसका प्रशासन प्रमुख रामेश्वर अर्याल र क्याम्पस प्रमुख भोला प्रसाद पाण्डेलाई धम्क्याउँदै अराजक शैलीमा कार्यालयको दराजबाट लेटरप्याड झिकेर आफैं छाप लगाएर लगेका हुन् ।

वसन्तलाल श्रेष्ठका छोरा नारायणलाल श्रेष्ठ

“हामीलाई धम्क्याएर क्याम्पसबाट छाप लगाएको लेटरप्याड लुटिए लगत्तै हामी जिल्ला प्रशासन कार्यालयमा शान्ति, सुरक्षाका लागि पुगिसकेका छौं र प्रमुख जिल्ला अधिकारीले कानून बमोजिम कारबाही गर्ने आश्वासन दिनुभएको छ ।” क्याम्पस प्रमुख पाण्डेले भने ।

श्रेष्ठलाई यस्तो अभियोगमा कीर्ते गरेको आरोपमा सजाय हुन सक्ने कानुनविद्हरुले बताएका छन् ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.