24 Online News
४ श्रावण २०७७ ०७:५८

प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु

काठमाडौं । प्युठानको स्वर्गद्वारी स्थित रुमालेमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ ।

स्वर्गद्वारी नगरपालिका–३ को रुमाले भन्ने स्थानमा गएराति लु २ च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको हो । स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताएका छन् । उनका अनुसार दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छैन।

प्रहरी निरीक्षक पौडेलले ट्र्याक्टरमा आठ सवारमध्ये एक जना बाँचेको उल्लेख गर्दै सात जनाको मृत्यु भएको जानकारी दिए ।

ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ । वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.