24 Online News
१ भाद्र २०७७ १२:१९

नेकपा सचिवालय वैठकमा कार्यदल गठनको निर्णय अनुमोदन

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पाटीभित्रको विवाद समाधानका लागि कार्यदल गठन गर्ने निर्णयलाई स्वागत गर्दै अनुमोदन गरेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विवाद समाधानका लागि कार्यदल गठन गर्ने दुई अध्यक्षको निर्णयलाई स्वागत र अनुमोदन गर्दैै विवाद समाधानका लागि उपयुक्त उपाय निकाल्न शुभकामना समेत दिएको जानकारी दिए । यसअघि दुई दिनअघि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच विवाद समाधानका लागि कार्यदल बनाउने सहमति भएको थियो ।

महासचिव विष्णु पौडेलको नेतृत्वमा रहेको कार्यदलमा अध्यक्ष ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा २–२ जना सदस्य रहेका छन् ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.