24 Online News
१ भाद्र २०७७ १२:२५

वीरेन्द्रनगरमा भाद्र ५ सम्मका लागि निषेधाज्ञा जारी

काठमाडौं । कोरोना भाइरस संक्रमणले विकराल रुप लिन थालेपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज सोमबारबाट दिनका लागि निषेधाज्ञा लागू भएको छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गत बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले भाद्र ५ गतेसम्मका लागि वीरेन्द्रनगर बजारमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार मेडिकल, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्याँस, दूध, तरकारी, खाद्यान्नजस्ता अत्यावश्यक सामग्रीका पसलबाहेक अन्य सबै बन्द हुने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले १ भदौ बिहान ६ बजेदेखि ५ भदौ राति १२ बजेसम्म वीरेन्द्रनगर क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको बताए ।

‘यसपटकको निषेधाज्ञा वीरेन्द्रनगर नगरपालिकामा मात्र लागू हुनेछ,’ उनले भने, ‘यो आदेशको उल्लंघन गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने छ ।’

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.