24 Online News
५ भाद्र २०७७ १०:५०

गत वर्षभन्दा ३ गुणा बढी राजश्व भन्सार दाखिला गराउने सशस्त्र प्रहरी निरीक्षक अजय थापाको सरुवा

रौतहट । गत वर्षभन्दा ३ गुणा बढी राजश्व भन्सार दाखिला गराउने सशस्त्र प्रहरी निरीक्षक अजय थापाको सरुवा भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल BOP लक्ष्मीपुर बेलबिछ्वा रौतहटले आर्थिक बर्ष २०७६/२०७७ मा ९० लाख ३३ हजार ९ सय ३७ रुपैयाँ राजश्व संकलन गरेको छ । यो राजश्व गत वर्षको भन्दा तीन गुणाले बढी हो । सशस्त्र प्रहरी निरीक्षक अजय कुमार थापाको अगुवाइमा यसरी राजश्व संकलन भएको हो ।

तत्कालीन छोटी भंसारको रूपमा रहेको सो नाकाबाट हुने अवैध चोरी निकासी नियन्त्रण गर्ने अभियान अन्तर्गत प्रहरी निरीक्षक थापाले ९० लाख ३३ हजार ९ सय ३७ रुपैया मुल्य बराबरको तस्करी चोरीका समानहरु भंसार कार्यालय बुझाएका हुन्। गएका आर्थिक बर्ष २९ लाख १२ हजार ५७२ रुपैया बराबरको भंसार दाखिला गरिएकोमा यस बर्ष ९०,३३,९३७ रुपैया बुझाइएको सशस्त्र प्रहरी निरीक्षक थापाले बताए।

सीमा नाकाबाट अवैध रूपमा ओसार पोसार हुन लागेको लागुऔषध गाँजा, अवैध रूपमा भारत बाट ल्याउँदै गरेको नेपाली रुपैया, कपडा, किराना समान हरु, कस्मेटिक, मदिरा, मेसिनरी पार्ट्स, सुर्तीजन्य पदार्थ, इलेक्ट्रिक्स ,सवारी साधन हरु पक्राउ गरी जिल्ला भंसार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक थापाले बताए।

सशस्त्र प्रहरी निरीक्षक थापाले संकलन गरेको राजश्व जति सो द्यइए मा यस अघि आएका इन्चार्जहरुले अहिलेसम्म संकलन गर्न सकेका छैन्न। आफ्नो पेशा कर्तव्य प्रति निष्ठावान देखिएका निरीक्षक थापाले आर्थिक प्रलोभनमा नपरी भारतीय सिमा सित टासिएका नाकामा सुरक्षाको चुनौती हुँदा हुँदै पनि कसैको दवाव प्रभावमा नपरी इमान्दारी पूर्वक आफ्नो भूमिका निर्वाह गरेका थिए।

सशस्त्र प्रहरी निरीक्षक थापाको प्रत्यक्ष निगरानीले गर्दा तस्करी, चोरी, लगायत विभिन्न अपराधी गतिविधि गर्नेहरु त्रसित भएको स्थानीयहरुले बताउँदै आएका छन् । सशस्त्र प्रहरी निरीक्षक थापा यस स्थानमा आएदेखि नै सिमा नाकाको सुरक्षा, तस्करी नियन्त्रणका साथ साथ सरसफाई देखि समाजिक र धार्मिक काम हरुमा पनी उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका थिए।

कोरोना भाइरसको प्रकोप नियंत्रण गर्ने कार्यमा सक्रीय भूमिका निर्वाह गर्ने सशस्त्र प्रहरी निरीक्षक थापाले सामाजिक कार्य र शांति सुरक्षा बार्डरको रक्षा गर्ने कार्यमा निरंतरता दिन सफल भएका छन। तत्कालीन सशस्त्र प्रहरी निरीक्षक पशुपति खनालले राजदेवी नगरपालिका वड़ा नम्बर ९ बस्ने बृद्ध महिलालाइ गरेको खाद्यान्न सामग्रीको सहयोगलाइ निरंतरता समेत दिइएको सशस्त्र प्रहरी निरीक्षक थापाले बताए ।

क्वारेन्टिन निर्माणदेखि नियंत्रणको कार्यमा समेत उल्लेखनीय योगदान पुर्याएका निरीक्षक थापाले राजदेवी नगरपालिकाका केही स्थानहरुमा बागमती नदीले गरी रहेको कटान रोकथाममा पनि अहो रात खटी अहम् योगदान पुर्याएका स्थानियहरुको भनाइ रहेको छ।

खुल्ला सिमा भएको कारण सुरक्षाको ठूलो चुनौती रहे पनि थापाले सहज रुपमा सामना गर्न सफल भएका छन्।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.