गान्धीको चस्मा ३.६ करोडमा लिलाम
काठमाडौं । ब्रिस्टलको एक लिलामी एजेन्सीले महात्मा गान्धीको चश्मा ३.६ करोड रुपैयाँमा लिलाम गरेको छ। सो चस्मा एक एक अमेरिकाका संंग्रहकर्ताले लिलाम सकारेका छन् ।
ब्रिस्टल अक्सन्सका अनुसार उसलाई ३ अगस्तमा यो चश्मा कसैले सादा खाममा राखेर पठाएको थियो।एजेन्सीका एण्ड्र्यू स्टोले उक्त चश्मा करिब २२ लाख रुपैयाँ लिलाम हुने अपेक्षा राखेका थिए।
चश्माका मालिक ब्रिस्टलस्थिल म्यानगोट्सफिल्डका वरिष्ठ नागरिकले लिलामीबाट प्राप्त रकम आफ्नी छोरीलाई पनि दिने बताएका छन्। गान्धी दक्षिण अफ्रिकामा काम गरिरहँदा यो चश्मा उनलाई उनका काकाले दिएको भनिएको छ। यो सन् १९१० देखि सन् १९३० बीचको अवधि हो।
बीबीसीले चश्माको लिलामी गर्ने ईस्ट ब्रिस्टल अक्सन्सका स्टोलाई उद्धृत गर्दै लेखेको छ, ‘करिब ५० वर्षसम्म यो चश्मा दराजमा यसै राखिएको थियो। बिक्री गर्ने व्यक्तिले यो चश्माले आफूलाई केही फाइदा नभएको र पुरानो सामान किन राखिरहने भन्दै फाल्न चाहेका थिए। अहिले उनलाई यही चश्माले यती ठूलो रकम दिएको छ। जुन रकमले उनको जीन्दगीमै परिवर्तन ल्याउने छ।’
चश्मा बेच्ने व्यक्तिले सन् १९२० को दशकमा उनको परिवारका एक सदस्यले दक्षिण अफ्रिका भ्रमणका क्रममा गान्धीसँग भेट गरेको र त्यसैबेला यो चश्मा प्राप्त भएको बताएका छन्।
लिलाम एजेन्सीका स्टोले चश्मा आफ्नो एजेन्सीमा आइपुगेपछि त्यसबारे अनुसन्धान गरिएको बताएका छन्। उनले भनेका छन्, ‘भनिए अनुसारका सबै तिथि मिति र चश्माको विवरण ठिक थिए।’
उनी अगाडि भन्छन्, ‘संभवतः यो त्यही चश्मा हुनुपर्छ जुन गान्धीले सुरुमा लगाएका थिए।’