24 Online News
१० भाद्र २०७७ १८:५३

कांग्रेस डडेल्धुराद्वारा पहिरोबाट बिस्तापित परिवारलाई राहत वितरण

काठमाडौं । नेपाली काँग्रेस डडेल्धुराले जिल्लाको आलिताल गाउँपालिका स्थित बलौचा, ओबा, ऐरानी, धुपखेडा र खिन्नेभाडी गाउँका पहिरो पीडितलाई राहत वितरण गरेको छ।

चुरे श्रृंखला क्षेत्रबाट खसेको पहिरोका कारण आलिताल गाउँपालिकाको वडा नम्बर ७ का बलौचा, ओबा, ऐरानी, धुपखेडा र खिन्नेभाडीका ३५ परिवार बिस्तापित भएका थिए। बुधबार ती सबै परिवारलाई कांग्रेस डडेल्धुराले संचालन गरेको एनडी प्रकाश आपतकालिन चुलोले राहत स्वरुप खाद्यान्न सामग्री सहयोग गरेको छ।

डडेल्धुरा काँग्रेसले विस्थापित परिवारलाई प्रति परिवार २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल र १ किलो नुन गरी ९ क्विन्टल चामल ७० के जि दाल ३५ लिटर तेल , ५ पेटी चाउचाउ , २० पिस माक्स वितरण गरेको हो ।

राहत सामग्री नेपाली कांग्रेसका कार्यवाहक सभापति करुणाकार भट्टले गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङलाई हस्तान्तरण गरेको कार्यालय सचिव राम विष्टले बताए।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.