24 Online News
१८ भाद्र २०७७ १३:४०

वीर अस्पतालले शुक्रबारदेखि कोरोना संक्रमितको मात्र उपचार गर्ने

काठमाडौं । नेपालमा पनि कोरोना संक्रण तीव्र रुपमा फैलँदैगर्दा वीर अस्पतालले शुक्रबारदेखि कोरोना संक्रमितको मात्रै उपचार गर्ने भएको छ।

कोरोना संक्रमित र अन्य बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएपछि वीरलाई कोरोनाका संक्रमितमात्रै उपचार गर्ने अस्पताल बनाइएको अस्पतालका कोभिड संयोजक डा. विधाननिधि पौडेलले जानकारी दिए।

एकजना कोरोना संक्रमितबाट चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सरेको र तिनबाट अन्य बिरामीमा सरेको उनले बताए। डा. पौडेलका अनुसार अस्पतालमा ७० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ। हाल वीर अस्पतालमा आकस्मिकबाहेक अन्य सेवा बन्द छन्।

अब अस्पतालको निर्मलीकरण गरेर ३ वटै ब्लकमा कोभिडका बिरामीलाई उपचार गर्ने निर्णय भएको उनले जानकारी दिए। अस्पतालमा ३० वटा आईसीयू रहनेछन्। कोभिडबाहेकका बिरामीलार्ई ट्रमा सेन्टरमा पठाइने डा. पौडेलले जानकारी दिए।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.