24 Online News
२८ भाद्र २०७७ १३:०३

सर्लाहीमा ठूलो परिमाणमा गाँजा बरामद

काठमाडौं । सर्लाही जिल्लाको पर्सा गाउँपालिको वडा नं ५ स्थित डोमोवा टोलबाट प्रहरीले शनीवार भारी मात्रामा गाँजा बरामद गरेको छ । प्रहरीले ट्रकमा लोड गरिएको ३ सय ९ किलो गाँजा बरामद गरेको हो । ना ४ ख ७७४८ नम्बरको १० चक्के ट्रकमा लोड गरिएको अवस्थामा उक्त गाँजा शनिबार राति बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले जानकारी दिए ।

उनका अनुसार ११ वटा पोकामध्ये ९ वटामा ३१ किलोका दरले र २ वटामा १५ किलोका दरले गाँजा बरामद भएको छ । सर्लाहीको पूर्वी भेगमा ग्रामिण इलाका हुँदै लागूऔषध नेपाल–भारत दुवैतर्फ ओसारपसार भइरहेको सूचना आएपछि जिल्ला प्रहरी प्रमुख सन्तोष सिंह राठौर नेतृत्वको टोली अनुगमनमा खटिएको थियो ।

अनुगमन टोलीलाई देखेर चालक ट्रकलाई स्टार्ट अवस्थामै राखेर फरार भएको प्रहरी निरीक्षक कुर्मीले बताए । ट्रकका चालक एवं गाँजा ओसारपसार गर्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.