24 Online News
२९ भाद्र २०७७ १६:५१

उपत्यकामा सोमबार ५१२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ५१२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै उपत्यकाका ८ जनाको मृत्यु भएको छ ।

काठमाडौंका ६१ वर्षीया महिला, ६२, ७०, ७३, ७७, ८५ वर्षीय पुरुष, ललितपुरका ५५ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.