24 Online News
८ आश्विन २०७७ ०८:४७

स्याङ्जामा पहिरोका कारण २ को मृत्यु ८ बेपत्ता

काठमाडौं । स्यांजामा पहिरो जाँदा घरभित्रै ८ जना पुरिएका छन् ।

वालिङ नगरपालिका वडा नम्बर १४ स्थित माया परियारको घर पहिरोले पुरिँदा ९ जना घर भित्रै परेका हुन् ।

बिहीबार बिहान घर माथिबाट गएको पहिरोले घर पुरेको स्थानीय समाजसेवी राजु कुँवरले जानकारी दिए ।

१० जनाको परिवार रहेकोमा १ जनालाई जीवितै उद्धार गरी उपचारका लागि लगिएको छ भने १ महिलाको शव बाहिर निकालिएको हो । घर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भएको प्रहरीले बताएको छ ।

प्रहरी र स्थानीयबासी मिलेर उद्धार गर्ने काम भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै अविरल वर्षासगै आएको पहिरोले पुरिएर कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलमा १ जनाको ज्यान गएको छ । पहिरोमा परि बाबुराम दमैका १६ वर्षे य छोरा विष्णुबहादुर परियारको मृत्यु भएको हो ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.