24 Online News
१५ आश्विन २०७७ ०८:४३

चाडपर्वलाई लक्षित गरी आजदेखि सहुलियत मूल्य पसल सञ्चालनमा

काठमाडौँ । सरकारले प्रत्येक वर्ष दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरी सुपथ पसल संचालन गर्ने गरेकोमा यसवर्ष पनि आज बिहिबारदेखि काठमाडौँ उपत्यकालगायत देशभर सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

सरकारले बिहीबारदेखि दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो । यस्ता सहुलियत मूल्य पसल काठमाडौँ उपत्यकामा १६ स्थानमा र देशका अरू मुख्य सहरमा गरी ६५ वटा सहुलियत पसल सञ्चालन हुनेछन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सहुलियत पसल आउँदो मङ्सिर ६ सम्म सञ्चालन गरिने छ । एकीकृत सहुलियत पसलमा चिनी, नुन, चामल, घिउ, दाल, गेडागुडीदेखि मासुसमेत सहुलियत मूल्यमा पाइने छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकामा सिंहदरबार, टेकु, कालीमाटी, कोटेश्वर, सतुङ्गल, ललितपुर, भक्तपुरलगायत ११ ठाउँमा सहुलियत पसल हुने छन् । त्यसैगरी साल्ट ट्रेडिङले काठमाडौँ उपत्यकामा तीनवटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गर्नेछ भने उपत्यकाबाहिर २४ वटा पसल सञ्चालन गर्नेछ ।

सरकारले हरेक वर्ष चाडपर्वको समयमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सहुलियत मूल्य पसल सञ्चालन गर्ने गरेको छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.