24 Online News
१५ आश्विन २०७७ २१:१६

काँग्रेसलाई अधिवेशन लाग्यो, सभापति देउवाको गृहजिल्लामा भट्टको उम्मेदवारी घोषणा

डडेल्धुरा । नेपाली काँग्रेसको आसन्न महाधिवेशनका लागि सिंगो काँग्रेस जुर्मुराएको छ । पार्टी सभापति समेत रहेका शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता नविकरणासँगै जिल्ला सभापतिका लागि उम्मेदवारी घोषणाले जिल्लाको आसन्न ७ औं अधिवेशनको माहोल गरम बनेको छ ।

नेपाली काङ्ग्रेस डडेलधुराका उपसभापति करुणाकर भट्टले जिल्ला सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनले क्रियाशील सदस्यता नविकरणका क्रममै पार्टी सभापति शेरबहादुर देउवाकै गाउँ गन्यापधुराबाट जिल्ला पार्टी सभापति कर्णबहादुर मल्लको उपस्थितिमा आज बिहिबार नेपाली काङ्ग्रेस डडेलधुरा को अगामी ७औ जिल्ला अधिबेशन मा आफ्नो एजेण्डा सहित सभापति को उम्मेदवारी घोषणा गरेका हुन् ।

भट्टले धार्मिक आस्थाले ओतप्रोत गन्यापदेवताको पबित्रभूमिबाट जिल्ला सभापतिको उम्मेदवारी घोषणा गर्नुलाई जिल्ला भित्र र काँग्रेसी वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

भट्टका एजेण्डाहरु :

१. डडेलधुरा जिल्लाका विभिन्न बस्तिहरुलाई मदिरा निषेधित समाजको रुपमा अघि बढाउने ।
२. पार्टी मा हिन्दु राज्य सहितको धार्मिक स्वतन्त्रताको मुद्दा बहस गराउने।
३. पार्टी मा आधा युबा र अधा पाका सहित को सङ्गठन निर्माण गर्ने ।
४. पार्टी मा विधि र पद्धति को सर्बोच्चता को मुद्दा स्थापित गराउने।
५. जिल्लाभित्र युबा बेरोजगार लाई न्युनिकरण गरदै चलायमान अर्थतन्त्र को मुद्दा अघि बढाउने ।

जिल्लामा कैयौं पटक कार्यवहाक सभापतिको जिम्मेवारी पाइसकेका भट्ट जिल्ला सभापति तथा प्रदेशसभा माननीय कर्णबहादुर मल्ल निकट मानिन्छन् ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.