आइपिएल : दिल्लीलाई हराउँदै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा
काठमाडौं । दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ।
आइतबार राति अबुधाबीमा सम्पन्न २७ औं खेलमा जितका लागि १६३ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो।
मुम्बईको जितमा क्विनटन डी कक र सूर्यकुमार यादबले अर्धशतकीय इनिङ्स खेले । दुवैले समान ५३ रन बनाए । यसैगरी इशान किशनले २८, कप्तान रोहित शर्मा ५ रनमा आउट हुँदा कुर्नाल पाण्डय १२ र काइरन पोलार्ड ११ रनमा अविजित रहे ।
दिल्लीका कागिसो राबडाले २ विकेट लिए भने अक्षर पटेल, रविचन्द्रन आश्विन र मार्कुस स्टोनिसले १–१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।
दिल्लीका लागि शिखर धवनले अविजित ६९ रन बनाए भने कप्तान श्रेयस अय्यरले ४२ रन बनाए । यसैगरी अजिन्क्या रहाने १५, मार्कुस स्टोनिस १३ रनमा आउट भए भने एलेक्स केरी १४ रनमा अविजित रहे ।
मुम्बईका हार्दिक पाण्डयले २ तथा ट्रेन्ट बोल्टले १ विकेट लिए । जितसँगै मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ । दिल्लीको यो दोस्रो हार हो । दोस्रो स्थानमा रहेको दिल्लीको पनि ७ खेलमा १० अंक रहेको छ ।