24 Online News
२६ आश्विन २०७७ ०७:३३

युरोपियन नेसन्स लिग : फ्रान्स र पोर्चुगल गोल रहित बराबरीमा

काठमाडौं । युरोपियन नेसन्स लिगमा गत राती सम्पन्न खेलमा गोलरहित बराबरीमा रोकिएका छन् । घरेलु मैदानमा भएको खेलमा विश्व विजेता फ्रान्सलाई युरोपियन च्याम्पियन पोर्चुगलले गोलरहित बराबरीमा रोकेको हो ।

समूह ए थ्री मा रहेका दुई टिमले गोल गर्ने केही मौका खेर फालेका थिए । सन् २०१६ को युरोकपमा पोर्चुगलले यही मैदानमा फ्रान्सलाई पराजित गरेको थियो । बराबरीपछि तीन खेलबाट सात अंकसहित पोर्चुगल शीर्ष स्थानमा छ भने समान अंक रहेको फ्रान्स दोस्रो स्थानमा छन् । सोही समूहको अर्को खेलमा क्रोएसियाले स्वीडेनलाई २–१ ले पराजित गरेको छ।

गएराति नै भएको समूह ए वानको खेलमा इटाली र पोल्याण्डले गोलरहित बराबरी खेलेर अंक बाँडेका छन् । पाँच अंकसहित इटाली शीर्ष स्थानमा छ भने चार अंकसहित पोल्याण्ड तेस्रो स्थानमा छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.